संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा लैजाने तयारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा लैजाने तयारी


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमै लैजाने तयारी भएको छ ।

सरकारले प्रतिनिधिसभामा पेस गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सत्तारुढ दलहरूले सदनमै छलफल गरेर फास्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यो विधेयकमा व्यापक छलफल गर्नुपर्ने भन्दै छलफलका लागि संसदीय समितिमै लैजानुपर्ने अडान राखेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको छ । विधेयकउपर सांसदहरुले संशोधन दर्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस