उपेन्द्रले जितेर फूलमाला लगाउने र मन्त्री बन्ने मात्रै हो : केपी ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपेन्द्रले जितेर फूलमाला लगाउने र मन्त्री बन्ने मात्रै हो : केपी ओली


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपेन्द्र यादवमाथि कटाक्ष गरेका छन्।

बुधबार बारा–२मा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन लड्न लागेका जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई जितेर पनि फूलमाला लगाउने र मन्त्री मात्रै बन्ने बताए।

उनले भने, ‘उहाँ पहिले मोरङबाट उठ्नुहुन्थ्यो। त्यहाँबाट उखेलिएपछि सुनसरीबाट लड्नुभयो। त्यहाँबाट उखेलिएपछि सप्तरी आउनुभएको थियो। त्यहाँबाट पनि जरा टकटक्याएपछि सबैभन्दा लाटा सोझा जनता यहाँका छन् भनेर आउनुभएको छ । उहाँ जितेर के गर्नुहुन्छ रु गर्नु के हुन्छ ? फूलमाला अबिर लगाउनेबाहेक के गर्नुहुन्छ। मन्त्री खानुहोला।’

यस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलले साथ छोडेको बेला नेकपा एमालेले सहयोग गरेको पनि बताए। तर माथि पुग्दा उनको भूमिका पनि बेग्लै हुँदै गएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस