मालपोत कार्यालयबाट बिचौलिया पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मालपोत कार्यालयबाट बिचौलिया पक्राउ


२१ चैत्र २०७९, मंगलबार


पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ परेका छन्।

सोमबार दिउँसो करिब २ बजे जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने ५० वर्षीय राम विनोद साहले स्थानीय भुलिया देवीसँग जग्गा पास गराइदिन्छु भनी ६ हजार ९ सय रुपैयाँ लिएका थिए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साहलाई नगदसहित मालपोत कार्यालय धनुषाबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस