ठाकुरराम क्याम्पसका कर्मचारीहरू उत्रिए आन्दोलनमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ठाकुरराम क्याम्पसका कर्मचारीहरू उत्रिए आन्दोलनमा


२० चैत्र २०७९, सोमबार


वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसका करारका कर्मचारी क्याम्पसमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका छन्।

क्याम्पस प्रमुखले त्रिवि कर्मचारी सङ्घको अध्यक्षकै पत्नीलाई आफूखुसी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा कर्मचारीहरू सोमबारदेखि आन्दोलित भएका हुन्।

आन्दोलनरत कर्मचारीहरूले सोमबार क्याम्पसको प्रशासन, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिहान १० देखि साँझ ५ बजेसम्म धर्ना पनि दिएका छन्। मङ्गलवार पनि धर्ना दिने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस