तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले परिषद्का अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह, नासु उषा मिश्रा, लेखापाल उत्तमराज शर्मा ढकाल र कार्यकारी निर्देशक राजेशकुमार साहलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले फैसला गरेको हो।

विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाउँदै १५ कार्तिक २०७५ मा मुद्दा दायर गरेको थियो । त्यसमध्ये ५ जनाले भने सफाइ पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस