जाजरकोट छेडागाडका तत्कालीन वडा सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाजरकोट छेडागाडका तत्कालीन वडा सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छेडागाड नगरपालिका-१२ वडा कार्यालयका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियारले दुई जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ।

उक्त उजुरीमाथि अनुसन्धान हुँदा वडा सचिव जैसीले आर्थिक वर्ष २०७५/०७६को प्रथम, दोस्रो र तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भ्रष्टाचार गरेको खुलेको छ ।

जैसीले लाभग्राहीहरूको नक्कली विवरण खडा गरी दुई लाख ७३ हजार ४ सय सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो। त्यस्तै प्रशासन सहायक कार्कीले पनि जैसीलाई सहयोग गरी आफूले पनि लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

यसो हुँदा उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग दाबीसहित आरोप पत्र दायर गरेको हो। अख्तियारले बिगो रकम कायम गरी कैद र जरिवाना समेत माग गरेको छ।

वडा-१२ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरी परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस