राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभा अध्यक्षले लिए स्वास्थ्य अवस्थाबारे जानकारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभा अध्यक्षले लिए स्वास्थ्य अवस्थाबारे जानकारी


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार अध्यक्ष तिमिल्सिनाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति पौडेललाई भटेका हुन् ।

यसअघि बिहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए ।

उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।

यसअघि राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए।

राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले दिएको जानकारीअनुसार पौडेलको स्वास्थ्य सुधारोन्मुख छ।

राष्ट्रपतिको सिटी स्क्यानलगायत परीक्षणसमेत गरिएको छ। डा। महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली राष्ट्रपतिको उपचारमा संलग्न छन्।

Tags :
प्रतिक्रिया दिनुहोस