दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ


१९ चैत्र २०७९, आइतबार


पक्राउ

पोखरा । दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ परेका छन् ।

व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् ।

व्रतबन्धमा दलित र गैर दलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ गते पक्राउ परेका थिए ।

फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस