रविले भने : उप-निर्वाचनपछि मात्रै सरकारका विषयमा निर्णय हुन्छ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रविले भने : उप-निर्वाचनपछि मात्रै सरकारका विषयमा निर्णय हुन्छ


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचन अघि पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।

उनले अहिले पनि आफूहरूले नीति हेरेर सरकारलाई समर्थन गरेको भन्दै उपनिर्वाचनसम्म सरकारको गति हेरेर के गर्ने भन्ने निर्णय गर्ने बताए।

‘अहिले हामी पूर्णरुपमा चुनावमा केन्द्रित भएका छौँ, चुनाव सकिएपछि मात्रै यस विषयमा निर्णय गर्छौँ।’ लामिछानेले भने।

यसअघि कुनै दल र व्यक्तिलाई नसघाएको भन्दै लामिछानेले नीति हेरेर सरकारमा गएको प्रष्टीकरण दिए। अहिले सरकारलाई समर्थन दिए पनि पार्टी सरकारमा नगएको उनले बताए ।

त्यस्तै रविले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको पनि बताए ।

उनले भने, ‘कुनै पनि भिक्टिम नभएको केसमा प्रहरीले पुरै अनुसन्धान गरेको छ । सरकारी वकिलका जिल्ला, उच्च हुँदै महान्यायाधीवक्तासम्म गएको छ । मैले आफ्नो बयान दिएको छु । सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ या हार्छ भने स्वीकार गर्नु नै त हो । सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ वा हार्छ भने त्यसलाई स्वीकार गर्नु नै त हो नि अरु के हुन्छ । मैले कुनै प्रक्रियामा बाधा अड्चन हालेको छैन । प्रक्रिया पूरा भएको छ । त्यसमा आएको फैसला मान्नुबाहेक मसँग अर्को उपाय छैन । त्यसमा मैले सौदाबाजी गरेको छैन र गर्नु पनि पर्दैन । म कैयौँ दलका साथीहरू विभिन्न मुद्दामा परेको देख्छु । उहाँहरू त्यत्तिकै निस्किनुहुन्छ । म त न्यायिक प्रक्रियामा सहभागी हुने मान्छे हुँ ।

Tags :
प्रतिक्रिया दिनुहोस