इन्जिनियर व्यवसायी दर्ता गर्नको लागि काउन्सिलले पहिलो पटक लाइसेन्स परीक्षा लिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इन्जिनियर व्यवसायी दर्ता गर्नको लागि काउन्सिलले पहिलो पटक लाइसेन्स परीक्षा लिँदै


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ ।

काउन्सिलले आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो ।

पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी भएको काउन्सिल जनाएको छ ।

पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको छ । इन्जिनियरको रूपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस