प्रहरीको सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीको सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने, ‘प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’

‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यकता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन ।’ कसैले मार्ग बिराएको भए तिनीहरूलाई सुधार्नुको विकल्प आफूमा नभएको पनि उनले बताए ।

अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय तथा सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफू क्रियाशील रहने कुँवरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस