अनधिकृत संरचना ७ दिनभित्र हटाउन काठमाडौँ महानगरको चेतावनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अनधिकृत संरचना ७ दिनभित्र हटाउन काठमाडौँ महानगरको चेतावनी


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना ७ दिनभित्र हटाउन चेतावनी दिएको छ ।

तोकिएको समय अवधिमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना नहटाए आफैँ हटाउने बताएको छ ।

महानगरले आफैले यदि ती संरचना हटाउन परे हटाउँदा लाग्ने खर्च निर्माणकर्ता स्वयंबाट भुक्तान गराइने महानगरले जनाएको छ ।

नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन भन्दै महानगरले सूचना निकालेको हो ।

महानगरले शनिबार निकालेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सम्बद्ध सबै सरोकारवालाहरूलाई ७ दिनभित्र ती संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस