विपन्न परिवारलाई पिउने पानीको व्यवस्था « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विपन्न परिवारलाई पिउने पानीको व्यवस्था


११ चैत्र २०७९, शनिबार


सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरि वनले खानेपानीको व्यवस्था गरेको हो ।

वडा १ को मुस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीन घरे मगर टोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरिया टोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापकलामार्फत शुद्ध पिउने पानीको व्यवस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए ।

जम्मा १५ वटा चापकलामार्फत पिउने पानीको व्यवस्था गरिएको हो । नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक मिसिएको साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर सेवा समाजले प्रतिचापाकल करिब ८० हजार लगानी गरेर निःशुल्क खानेपानीको व्यवस्था गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

अहिले शुद्ध पिउने पानी आउने गरेको र आफूहरूले पहिला गाडेको कल चलाउन छाडेको ईश्वरपुर नगरपालिका-१ का रधुवीर सिंहले बताए । नगरपालिकाले सिफारिस गरेपछि आफूहरूले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख महतोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस