बागमती प्रदेश सभाको बैठक आज बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेश सभाको बैठक आज बस्दै


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

बागमती प्रदेश सभामा ११० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । यसैगरी नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस