अधिकृत श्रेष्ठ ओछ्यानमै मृत फेला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अधिकृत श्रेष्ठ ओछ्यानमै मृत फेला


९ चैत्र २०७९, बिहिबार


पाँचथर । फिदिम नगरपालिकामा कार्यरत एक जना अधिकृत मृत भेटिएका छन् ।

उक्त नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।

बिहीबार करिब साढे १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएपछि खोज्न जाँदा उनलाई नगरपालिकाका कर्मचारीले मृत फेला पारेका हुन् । श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शाखाको सह-संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस