पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाचौँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए ।

‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेमा छटपटी भएको छ’ उनले भने, ‘वृत्ति विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रस्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।’

कर्मचारी जनताको सेवक भन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए ।

‘तपाईँहरू आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस