सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल बजारमा आज सुनको मूल्य बढेको छ ।

आज तोलामा १ हजार २०० रुपैयाँले बढेर तोलामा १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस