प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित


८ चैत्र २०७९, बुधबार


मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।

अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुहुने कार्यसूची थियो । तर, नेपाली काँग्रेस संसदीय दलको काठमाडौँमा बसेको बैठकले आज बैठकमा उपस्थित नसकिने भन्दै चैत १० गतेको समय माग भए अनुरूप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस