झापामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

झापामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु


८ चैत्र २०७९, बुधबार


झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेरोको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो ।

सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका-२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस