प्रधानमन्त्रीद्वारा गोरखाको ‘पन्थहिटी-साहिलटार’ सडक शिलान्यास « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा गोरखाको ‘पन्थहिटी-साहिलटार’ सडक शिलान्यास


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् ।

मंगलबार बिहान गोरखाको पालुङटारस्थित बिमिरे पुगेर प्रधानमन्त्री प्रचण्डले सडक स्तरोन्नतिको शिलान्यास गरेका हुन् । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृह नगर रहेको गोरखा उनको निर्वाचन क्षेत्र पनि हो ।

प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.भट्टराई, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद फणीन्द्र देवकोटा र सुरेन्द्र पाण्डे, पालुङटारका मेयर विवश चिन्तन सहभागी थिए ।

यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ ।

भारतीय एक्जिम बैङ्कसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ । वूड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्ने गरी सडकको ठेक्का पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस