मेयर हर्क साम्पाङविरूद्ध भोलिदेखि सङ्घर्ष कार्यक्रम गर्ने घोषणा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मेयर हर्क साम्पाङविरूद्ध भोलिदेखि सङ्घर्ष कार्यक्रम गर्ने घोषणा


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरूद्ध सङ्घर्षको कार्यक्रम घोषणा गरिने भएको छ ।

मेयर साम्पाङविरूद्ध वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मङ्गलवारदेखि सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका हुन् ।

वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसङ्ख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको भन्दै २४ घण्टाभित्र माफी माग्न अल्टिमेटम दिएका थिए।

सोमबार साँझ ५ बजे उनीहरूको अल्टिमेटमको समय सकिँदा पनि मेयर साम्पाङले माफी नमागेको भन्दै वडाध्यक्षहरूले सङ्घर्ष अनिवार्य बनेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस