लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई रक्षा हुने आशा विश्वासको मत दियौँ : सीके राउत « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई रक्षा हुने आशा विश्वासको मत दियौँ : सीके राउत


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । सांसद सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालबाट लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावमाथि बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

तर यस सरकारबाट मधेसका मुद्दाको सम्बोधन हुनुपर्ने, नागरिकता विधेयक पारित गर्नुपर्ने लगायतका माग उनले अघि सारेका थिए । प्राचीन कालमा नै देशमा संघीय व्यवस्था रहेको दाबी गर्दै पुष्पकमल दाहालको नेतृत्वमा संघीय गणतन्त्र पुनर्स्थापना भएको उनको दाबी थियो ।

उनले भने, ‘आफैँले जन्माएको सन्तानको माया धेरै हुन्छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सङ्घीयता लोकतन्त्र र गणतन्त्र रक्षा गर्ने अभिभारा छ । गणतन्त्र र सङ्घीयताका लागि उहाँले त्याग र बलिदानी दिनुभएको छ । यसको रक्षा पनि उहाँले गर्नुहुनेछ ।’

तर वर्तमान सरकारले मधेसका एजेन्डा सम्बोधन गर्नुपर्ने र नागरिकता विधेयक पारित गर्नुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस