निवर्तमान उपराष्ट्रपति पुनले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

निवर्तमान उपराष्ट्रपति पुनले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका हुन् ।

दुई कार्यकाल गरी ७ वर्ष ५ महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको जनाउँदै उनले संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमानदारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोसिस गरेको बताएका छन् ।

सार्वभौम संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्क्रमणकालीन व्यवस्थामा मतदानद्वारा र संविधानको पूर्ण कार्यान्वयनको क्रममा अर्को कार्यकाल निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकामा हालै निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्नो कार्यकाल टुङ्गिएको उनले जनाए ।

‘मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउनसमेत सहयोग गर्ने राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्ण सहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु’, उनले भने ।

उनले उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पादन गर्ने कर्मचारी, निजी सचिवालयका सदस्य, सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यलाई धन्यवाद दिएका छन् ।

निवर्तमान उपराष्ट्रपति पुनले आगामी दिनमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस