प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सोमबार दिउँसो १ बजे बस्ने संसद्को सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख गरेका छन् ।

प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका थिए भने नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।

संसदको विश्वास प्राप्त गर्न १३८ मत आवश्यक पर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस