कोशी प्रदेशको नाम संशोधनबारे छलफल पनि हुँदैन : मुख्यमन्त्री कार्की « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कोशी प्रदेशको नाम संशोधनबारे छलफल पनि हुँदैन : मुख्यमन्त्री कार्की


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन भइरहेका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्वीकार्य भएकाले तत्काल परिवर्तन नहुने प्रस्ट पारे ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोशी’ नाम पारित गराएको बताउँदै उनले नाम संशोधनका विषयमा छलफलसमेत नहुने दोहोर्‍याए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।

प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोशी नामकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस