महानगरद्वारा विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई जरिबाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरद्वारा विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई जरिबाना


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभाबी विज्ञापनको पर्चा-पम्पलेट बाँडेर फोहोर गरेको भन्दै एक रोजगार कम्पनीलाई कारबाही गरेको छ ।

महानगरपालिकाले काठमाडौँ ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरे बापत ५ हजार रुपैयाँ तिराएको हो।

काठमाडौँ महानगरपालिका सफा राख्ने प्रयास गरेको भन्दै आफ्नो विज्ञापनको पर्चा, पम्पलेट, फ्लेक्सबाट फोहोर भएर महानगरले जरिबाना तिराउने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस