५ गते उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

५ गते उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने तयारी 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । यस्तै पराजित उम्मेदवार अष्टलक्ष्मी शाक्य ९बोहरा० ले १६ हजार ३२८ मतभार,  ममता झाले २ हजार ५३७ मतभार र प्रमीला कुमारीले ४८ मतभार प्राप्त गरे ।  

निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस