क्रिकेट टिमलाई भोलि दशरथ रङ्गशालामा सम्मान गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेट टिमलाई भोलि दशरथ रङ्गशालामा सम्मान गरिने


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउने नेपाली क्रिकेट टिमलाई भोलि दशरथ रङ्गशालामा सम्मान गरिने भएको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शनिबार साँझ ५ः३० बजे हुने सशस्त्र प्रहरी र मनाङ मर्स्याङ्दी क्लबबीच खेलका क्रममा क्रिकेट टिमलाई सम्मान गर्न लागिएको हो ।

भोलिको खेलमा टिकटबाट प्राप्त हुने रकम क्रिकेट सङ्घको खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिनेछ । रङ्गशालामा सामान्य प्याराफिटतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ टिकट लाग्छ ।

बिहीबार मात्र त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको आइसिसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई ९ रन (डीएल मेथड) ले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस