प्रशासकीय अधिकृतले गरे कर्मचारी नै माथि हातपात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रशासकीय अधिकृतले गरे कर्मचारी नै माथि हातपात


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । काभ्रे जिल्लाको पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकै कर्मचारीमाथि हातपात गरेका छन्।

अधिकारीले बुधबार कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गीता वञ्जाराकै अगाडि उनकै कार्यकक्षमा कठालो समातेका हुन्। 

उनले प्रशासनसँग भने, ‘ म त समान्य कर्मचारी कास हो, प्रमुखको कार्यकक्षमा थिए । एक्कासी कठालो समाउनु भयो, चियोचर्चो गर्छस्, जासुसी गर्छस् भनेर म माथि दुर्व्यवहार गर्नुभयो ।’ 

आफूमाथि दुर्व्यवहार भएको भन्दै नगरप्रमुखको सचिवालय, कर्मचारी युनियनमा उजुरी दिएको कोइरालालेले बताए  । ‘नगरप्रमुखज्यूमार्फत नगरप्रमुखको सचिवालय, कर्मचारी युनियनमा उजुरी दिएको छु, प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले कारबाही अगाडी बढाउ छु भन्नु भएको छ ,‘उनको भनाई छ ।

यता वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भने त्यसो कुनै गल्ती नगरेको /नभएको दाबी गरेका छन् । भाइको नाताले अलिकति कडा स्वरमा पाखुरा समातेर सोफामा बस भनेर राखेको उनले बताए । ’उनले भने, ‘यो घटनालाई उल्टो-पाल्टो गरेर दुर्व्यवहार गर्‍यो, कठालो समात्यो भनेर मिडियामा ल्याएको मात्रै हो, कडा स्वरमा पाखुरा समातेर बस भनेकै हो, हाकीजस्तो मान्छेले, कासलाई त्यस्तो गर्ने हुँदैन, नाताले भाइ पर्ने र उपप्रमुखसँग उभिएर गफ गरिरहेको हुनाले बस मात्रै भनेको हो ।’

यसैगरी प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले दुर्व्यवहार गरिएको भनिएका कोइरालाले नगरप्रमुख मार्फत दिएको निवेदन आफूकहाँ पुगेको बताए । छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाई छ । । ‘

केही समय अगाडी जिम्मेवारी हेरफेर गरिएको थियो । त्यसमा पनि उनी असन्तुष्ट रहेको बुझिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस