उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म ५ सय ९५ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र ५ सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस