‘उपराष्ट्रपतिमा विजयी भए संविधानको रक्षा गर्नेछु’ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘उपराष्ट्रपतिमा विजयी भए संविधानको रक्षा गर्नेछु’


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए ।

‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा गर्ने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ । नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ’, उनले भने ।

यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरे । ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस