शसस्त्र प्रहरीद्वारा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शसस्त्र प्रहरीद्वारा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास


३ चैत्र २०७९, शुक्रबार


डोटी । डोटीमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सम्बन्धी सचेतनामूलक नमुनाको रूपमा कृतिम घटना अभ्यास गरेको छ ।

डोटीको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पीपल्ला बजारमा बिहीबार ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरेको हो ।

पछिल्लो समयमा विभिन्न कारणले आगलागीका घटनाहरू बढिरहेकोले त्यस्ता घटनाहरू बढ्न नपाउन, त्यस्ता घटनाहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले आगलागी सम्बन्धी नमुनाको रूपमा कृतिम घटना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रमुख प्रहरी उपरीक्षक राजु गौतमले बताए ।

उनले भने सिलिन्डर ग्यासका कारणले हुने आगलागी जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम सर्वसाधारण नागरिकहरूलाई जानकारी गराउन सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।

सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आइरहेको छ । पिपल्ला बजारमा गरिएको कृतिम घटना अभ्यासमा स्थानीय, व्यापारीहरूको बाक्लो सहभागिता रहेको थियो ।

डोटीमा फागुन २७ गते पिपल्ला बजारमा रहेको मनकामना होटलमा चाउमिन पकाउने क्रममा ग्यास लिङ्क भएर आगलागी भएको थियो । आगलागीका कारण होटलसंगै जोडिएको गितान्जली सुनचाँदी पसल र होटलले लाखौँको क्षति ब्यहोरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस