५१० स्थानीय तहद्वारा औसतभन्दा बढी प्रतिशत खर्च « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

५१० स्थानीय तहद्वारा औसतभन्दा बढी प्रतिशत खर्च


२ चैत्र २०७९, बिहिबार


रकम

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा  विनियोजन भएको कुल बजेटमा ५१० स्थानीय तहले औसत खर्च प्रतिशतभन्दा बढी प्रतिशत खर्च गरेका छन् । स्थानीय तहको कुल खर्चको प्रतिशत गणना गर्दा खर्च प्रगति प्रतिशतको आधारमा समानुपातिक रूपमा अङ्क प्रदान गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । 

जसअनुसार औसत खर्च प्रतिशत भन्दा घटी प्रतिशत खर्च गर्ने २४३ स्थानीय तहलाई अङ्क प्रदान नगरिएको आयोगले जनाएको छ । 

आयोगले आर्थिक वर्ष २०७८/७९ मा सबै स्थानीय तहबाट कुल विनियोजित पुँजीगत बजेटमा स्थानीय तहको कुल पुँजीगत खर्चको प्रतिशत गणना गर्दा स्थानीय तहको औसत पुँजीगत खर्च प्रतिशतभन्दा बढी प्रतिशत पुँजीगत खर्च गर्ने ५२८ स्थानीय तहलाई पुँजीगत खर्च प्रगति प्रतिशतको आधारमा समानुपातिक रूपमा अङ्क प्रदान गरेको जनाएको छ । यस्तै औसत पुँजीगत खर्च प्रतिशत भन्दा घटी प्रतिशत खर्च गर्ने २२५ स्थानीय तहलाई अङ्क प्रदान गरिएको नगरिएको आयोगको भनाइ छ । 

सोही आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ ।  आयोगले आगामी आर्थिक वर्ष  २०८०/८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने अनुदान सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस