नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलले दिए बधाई  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलले दिए बधाई 


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एक दिवसीय क्रिकेट विश्वकप प्रतियोगिताको छनोट खेल्न पाउने भएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपालले आज आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराएपछि राष्ट्रपति पौडेलले नेपाली टोलीको प्रशंसा गरेका हुन् । उनले नेपाली टोलीलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् ।

आजको खेल जित्दै नेपाल लिग-२ को तालिकाको शीर्ष तीनमा परेको हो ।  डकवर्थ एन्ड लुइस मेथडअनुसार नौ रनको जित निकाल्दै नेपाल लिग-२ बाट भारतमा हुने एक दिवसीय विश्वकपका लागि सिधै छनोट खेल्ने तेस्रो टिम बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस