‘संसद् विघटन स्वेच्छा होइन, संवैधानिक बाध्यता हो’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘संसद् विघटन स्वेच्छा होइन, संवैधानिक बाध्यता हो’


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् । 

बिहीबार काठमाडौँमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा बोल्दै ओलीले संविधानले नै प्रधानमन्त्रीलाई संसद् विघटनका लागि बाध्य पारेको भन्दै यो संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताए ।

नयाँ सरकार गठनका विषयमा राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो नलागे प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।

ओलीले संविधानअनुसार देश चल्नुपर्ने भन्दै संविधानमा संसद्ले नभएर अदालतले प्रधानमन्त्री खारेज र गठन गर्ने व्यवस्था नभएको धारणा राखे । उनले अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके काँग्रेस नेतृत्वमा सरकार बन्ने र काँग्रेसले पनि विश्वासको मत लिन नसके संसद् विघटन हुने जिकिर गरे । 

त्यस्तै, ओलीले आफूमाथि लागेका सही आरोपहरूलाई सुधारको रूपमा लिने र निराधार आरोप लगाएर बदनाम गर्ने दुष्प्रयासहरुलाई चकनाचूर पार्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस