मलको अनुदान कटौतीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मलको अनुदान कटौतीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । सरकारले किसानलाई थप मारमा पर्ने गरी मलमा दिँदै आएको अनुदान रकममा कटौती गरेको छ। रासायनिक मलको अनुदानमा भारी कटौती गरेपछि किसानले खरिद गर्ने मलको मूल्य बढ्ने भएको हो। 

सम्बन्धित समाचार : सरकारद्वारा रासायनिक मलमा दिँदै आएको अनुदान कटौती 

अब किसानले प्रतिकेजी १४ रुपैयाँमा पाउँदै आएको रासायनिक मल २५ रुपैयाँमा किन्नुपर्ने भएको छ। त्यस्तै, ४३ रुपैयाँ प्रतिकेजीमा पाइने डिएपीको मूल्य ५० रुपैयाँ र पोटासको ३१ रुपैयाँबाट बढेर ४० रुपैयाँ प्रतिकेजी पुगेको छ। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले युरिया मलमा १५ दशमलव ६३ प्रतिशत, डिएपीमा ६ दशमलव ६७ प्रतिशत र पोटासमा १२ दशमलव १३ प्रतिशतले अनुदान रकम घटाएको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले विरोध प्रदर्शन गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस