विश्वकप लिग-२ : सिरिजको अन्तिम खेल खेल्दै पिएनजी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विश्वकप लिग-२ : सिरिजको अन्तिम खेल खेल्दै पिएनजी


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी(पीएनजी)ले युएईसँग खेल्दैछ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:३० मा सुरु हुनेछ । लिग-२ सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग -२ को यात्रा सुखद रूपमा समाप्त गर्न चाहन्छ ।

उता,युएई पनि पीएाजी माथि फराकिलो जित निकाल्दै एक दिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहन्छ ।

पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ।

युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३१ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस