ओलीको आरोप : ‘गठबन्धनले महिलाको अधिकार मिच्यो’  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको आरोप : ‘गठबन्धनले महिलाको अधिकार मिच्यो’ 


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको दाबी गरेका छन् । 

पार्टीबाट निर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिँदै अध्यक्ष ओलीले शाक्यले उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका हुन् ।

उनले भने, ‘जित्ने सम्भावना छ । कारणको अहिले चर्चा नगरौँ । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो । अनेक प्रकारका समस्याहरू उनीहरू (गठबन्धन) भित्र छन् । विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौँ ।’

ओलीले एमालेलाई सबल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । १० दलीय गठबन्धने महिलाको अधिकार खोस्न, संविधानलाई मिच्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप उनले लगाए । ओलीले भने,‘यो गठबन्धन महिलाका हकअधिकार हरण गर्न लाग्यो । महिलाको पक्षमा यो गठबन्धन छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस