हुम्लामा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हुम्लामा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


३० फाल्गुन २०७९, मंगलबार


सिमकोट । हुम्लामा सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ ।

दुई दिनदेखि सुत्केरी बेथा लागेकी गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

चङ्खेली गाउँपालिका-२ की जुनकला कामीको हेलिकोप्टरबाट उद्धार गरेर प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

बेथा लागे लगत्तै उनलाई पिप्लाङ स्वास्थ्य चौकीमा ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धार गरेर सुर्खेत पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस