सरकारले मलमा अनुदान कटौती गरेपछि भीम रावलले जनाए असन्तुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले मलमा अनुदान कटौती गरेपछि भीम रावलले जनाए असन्तुष्टि


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सरकारले रासायनिक मलमा दिने अनुदान कटौती गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

सरकारको निर्णयले कृषकलाई आहत पुगेको भन्दै उनले सरकार जनताको होइन ? भनेर प्रश्न गरेका छन्।

‘पुँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ’ उनले ट्टिटरमा लेखेका छन्, ‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैँची र अदुवा निर्बाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?’

सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ।

अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डीएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ।

सम्बन्धित समाचार : सरकारद्वारा रासायनिक मलमा दिँदै आएको अनुदान कटौती 

यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डीएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस