सानिमा मिडिल तमोरको आइपीओ भर्ने आज अन्तिम दिन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सानिमा मिडिल तमोरको आइपीओ भर्ने आज अन्तिम दिन


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज फागुन ३० गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

हाइड्रोपावरले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५५ ९८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता० सेयर बिक्रीमा ल्याएको हो।

यसमध्ये १०५ ९४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकिएको छ। बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको छ।

सीडीएसका अनुसार फागुन २९ गतेसम्ममा १० लाख ६७ हजार ३३० जनाले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस