‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) तीन खेलहरू हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

सङ्कटा आज दोस्रो जितको खोजीमा हुनेछ भने नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ ।

यस्तै, दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ भने फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ ।

रङ्गशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । साबिक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ । पुलिस पनि पहिलो जितको खोजीमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस