राष्ट्रपति पौडेललाई चीनको बधाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति पौडेललाई चीनको बधाई


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी राष्ट्र चीनले बधाई दिएको छ। 

काठमाडौँस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामना दिएका हुन् । 

उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

यस अघि अमेरिका र भारतले पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस