नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए काँग्रेसबाट राजीनामा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए काँग्रेसबाट राजीनामा


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि नेपाली काँग्रेसबाट राजीनामा दिएका छन्।

पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ।

उनले आइतबार नै काँग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै काँग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए।

पौडेल काँग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए।

Tags :
प्रतिक्रिया दिनुहोस