नेविसंघको असन्तुष्ट समूहले लगायो कांग्रेस कार्यालयमा  ताला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेविसंघको असन्तुष्ट समूहले लगायो कांग्रेस कार्यालयमा  ताला


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूको समूहले काँग्रेस काठमाडौँ जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्। 

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौँ जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौँ जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्। अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन्। 

उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन्। उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरी निर्णयले सङ्गठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन्। 

विद्यार्थी नेता उज्ज्वल बज्राचार्यले नेतृत्वले मनोमानी गरेर टिकट वितरण गरेकाले तालाबन्दीको अवस्था आएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस