सिन्धुली बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, २९ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुली बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, २९ घाइते


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुहिभिरमा ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बा.२ख. ६५९६ नम्बरको बस तीव्र गतिका कारण भिरमा ठोक्किएर दुर्घटनामा परेको थियो । बसको अगाडिको भागमा बस्ने यात्रीको मृत्यु भएको छ।

घाइतेको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट पठाइएको छ भने, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

सम्बन्धित समाचार : ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस