उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय यादवले उम्मेदवार दर्ता गराएका छन् ।

उनले माओवादी र नेकपा एसका नेताहरूसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा,भानुभक्त जोशी रहेका छन् ।

उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस