प्रधानमन्त्रीविरुद्धको मुद्दा स्वाभाविक छैन : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीविरुद्धको मुद्दा स्वाभाविक छैन : मन्त्री श्रेष्ठ


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले सामान्य रूपमा पनि नलिएको बताएका छन् ।  

बुटवल–नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी पुगेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा सो कुरा बताएका हुन् ।  

उनले उपराष्ट्रपति चुनाव सकिएलगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिए ।  

बुटवल-नारायणगढ सडक विस्तारको कामलाई आफूले गम्भीरतापूर्वक लिएको उनले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस