सांसद विनोद चौधरीद्वारा अस्पताल बनाउन सरकारसँग ५० करोड  माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सांसद विनोद चौधरीद्वारा अस्पताल बनाउन सरकारसँग ५० करोड  माग


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ५० करोड रुपैयाँ उपलब्ध गराउन भन्दै अर्बपति चौधरीले पत्र पठाएका छन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्णका बजेट मागेका हुन् ।

आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षिय वा क्रमागत कार्यक्रमको रूपमा समावेश गर्न पत्रमा उल्लेख छ । अस्पतालको स्वामित्व भने बर्दघाट नगरपालिकाको रहने र चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्ने पत्रमा उल्लेख छ । उनले अस्पतालको अनुमानित लागत ५० करोड (तत्काल पहिचान र परियोजनाको पूर्वाधार तथा कार्यक्रम) का लागि मागेका छन् ।

‘यस आयोजनाहरूलाई मन्त्रालयले प्राथमिकतामा राखी आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुबर्षिय वा क्रमागत कार्यक्रमको रूपमा समावेश गरी यस क्षेत्रका जनताका समृद्धिको आकाक्ष र प्रयासलाई सघाउ पुर्‍याउन हुनेछ भन्ने अपेक्षा गरेको छु,’ पत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस