जातीय छुवाछुतको आरोप लागेका गाउँपालिका अध्यक्षले मागे माफी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जातीय छुवाछुतको आरोप लागेका गाउँपालिका अध्यक्षले मागे माफी


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । जातीय छुवाछुतको आरोप लागेपछि सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले माफी मागेका छन् ।

राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएपछि अध्यक्ष यादव आज पत्रकार सम्मेलन गरी माफी मागेका हुन् ।

उनले गाउँपालिकाको लेटरप्याडमा माफी मागेको विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्ति भनेका छन्, ‘कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गर्न चाहन्छु ।’

अध्यक्ष यादवले आमाको १३ औं पुण्यतिथिको अवसरमा भोजको आयोजना गर्दा प्लेकार्ड नै झुण्ड्याएर जातीय अनुसार अलग अलग ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । सो सम्बन्धी फोटोहरु सार्वजनिक भएपछि अध्यक्ष यादवको व्यापक आलोचना भएको छ ।

सम्बन्धित समाचार : छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग, आन्दोलन गर्ने चेतावनी

Tags :
प्रतिक्रिया दिनुहोस